Dec 2, 2009

रिमिक्स उखान टुक्का

बेला बेलामा हाम्रो मुख बाट पनि अनायास उखान टुक्काहरु निस्कन्छन ।
नेपाली उखान टुक्काहरु प्राय: समय सान्दर्भिक छन र हरेक उखान टुक्काहरुका
कुनै न कुनै अर्थ छन । तर रमाइलोको लागि केही उखान टुक्काहरुका रिमिक्स
भर्सन :-
1 न पाउनेले केरा पाको चियामा चोपेर खाको
२ पण्डितको टुप्पी न एन्टिना न एरिएल
३ भन्सारमा सुन छ लिन गए हुन्छ
४ अर्थ न बर्थको पप गीत गाई , घर छ झुपडी घाटीमा टाई
५ आमा बाबुको मन छोरा छोरी माथि , छोरा छोरीको मन डिङगो जुत्ता माथि
६ जसले बियर फोर्छ , उसको हात गनाउछ ।
७ नशा भनेको सुर्तीले पनि दिन्छ ।
८ आफ्नै छोरी नखर्माउली टन्नेरीलाई दोष
९ खुस्किन लागेको हाकिमलाई पिउनले पनि लखेट्छ
१० १२ छोरा १३ नाती , बुढोको मन तरुनी माथि
११ मनको लद्दु बियर सँग खा
१२ जाडो भयो राती अनी बुढी ताती
१३ जस्ता लाई तेस्तै पाउरोटीलाई निस्तै
१४ जुन नेता आए पनि घुस खान नछाड्ने
१५ कस्ता कस्ता कहाँ गए मुसाको बच्चा दरबारमा

No comments:

Post a Comment